औषधी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा श्रेष्ठ निर्वाचित
हेटौंडा- नेपाल औषधि व्यवसायी संघ मकवानपुरको छैठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा नारायणलाल श्रेष्ठ निर्वाचित भएका छन् । हेटौंडामा शनिवार भएको अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको थियो । निर्वाचनमा श्रेष्ठले विष्णु थापालाई पराजित गरे । श्रेष्ठले ६२ मत ल्याउँदा थापाले ५८ मत प्राप्त गरेका थिए । अध्यक्षमा निर्वाचित श्रेष्ठ यसअघि उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षको भूमिकामा र थापा कोषाध्यक्ष थिए । यसअघि सहमतिमा चयन गर्ने प्रयास गरेपनि सफल हुँदा निर्वाचन भएको थियो । श्रेष्ठ र थापा प्यानल बनाएर निर्वाचनमा होमिएका हुन् ।
यसैगरी, संघको उपाध्यक्षमा ७७ मतसहित संघर्ष गुरुङ विजयी भए । उनको प्रतिद्वन्द्वी सगुन गुरूङले ४३ मत पाए । महासचिवमा ८५ मतसहित भरतबहादुर कार्की विजयी हुँदा एएन साहले ३५ मत ल्याएका थिए । सचिवमा यादब अर्यालले ७५ मत पाउँदा प्रतिद्वन्द्वी विजय साहले ४४ मत पाएका थिए । कोषाध्यक्षमा विजयी सलाम सिं लामाले ७४ र सुशान्त लामाले ४६ मत प्राप्त गरेका छन् ।
सहकोषाध्यक्षमा किसन गुप्ता निर्वाचित भए । उनले ६९ र रामु दराईले ५० मत पाएको महासचिव कार्कीले जानकारी दिएका छन् । संघको सदस्यमा कृष्णहरि न्यौपाने, अनिश सुवेदी र निलम बैध निर्वाचिन भएका छन् । उनीहरूले क्रमशः ७१,६५ र ६१ मत पाएको महासिचव कार्कीले बताए ।निर्वाचनमा १ सय २२ सदस्यले मतदान गरेका थिए । संघको अधिवेशन अघिल्लो शनिवारलाई तोकिए पनि प्राविधिक कारण देखाएर स्थगित गरिएको थियो ।







