मोटरसाइकल दुर्घटनामा सापकोटाको मृत्यु

साझाकुरा
२०७९ फाल्गुन २१, आईतवार १२:५७

हेटौंडा- हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौडा उपमहानगरपालिका–६ चौघडा बस्ने ५० वर्षीय कृष्ण सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार हेटौंडा–भैसें सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१ तिरतिरे धारामा भैसेंबाट हेटौंडातर्फ आउँदै गरेको ना ४६ प २३७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर आज शनिबार दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक सापकोटा गम्भीर घाइते भएका थिए । उनको उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*