पालुङ जेसीजको एकैदिन दुई कार्यक्रम

साझाकुरा
२०८० असार १६, शनिबार १२:०७

हेटौंडा- थाहा नगरपालिकामा क्रियाशील संस्था पालुङ जेसीजले एकै दिन दुई कार्यक्रम सम्पन्न गरेको छ । जेसीजको आयोजनामा स्थानीय उत्पादनको बजार प्रबद्र्धनका लागि सहजीकरण गर्न अन्तरक्रिया कार्यक्रम र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका साथै दहीचिउरा खुवाउने कार्यक्रम सम्पन्न गरेको हो ।जेसीजले शुक्रबार थाहा नगरपालिका वडा नं. ३ मा क्रियाशील नमूना लघुउद्यमी महिला समूहको समन्वयमा स्थानीय महिलाले उत्पादन गरेका अचारलगायतका उत्पादनको बजार प्रबद्र्धन गर्नमा सहकार्यको लागि समन्वय गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

जेसीजले स्थानीय क्षेत्रमा उत्पादन भएका हस्तकलाका सामग्री र खाद्यान्न सामग्रीको देशको बिभिन्न भागमा प्रचारप्रसार गरी प्रबद्र्धन गर्नको लागि आवश्यक तयारी
गरेको पालुङ जेसीज बर्ष २०२३ का कानुनी सल्लाहकार निरज रायमाझीले बताए । थाहानगरमा उत्पादन भएका हस्तकलाका सामग्री र खाद्यान्न सामग्रीको जेसीजले आफ्नो कार्यक्रममा थाहानगरको चिनोस्वरुप र देशका बिभिन्न क्षेत्रमा बजारिकरणको लागि पहल गर्नको लागि अन्तरक्रिया आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताए ।

पालुङ जेसीज बर्ष २०२३ का उपाध्यक्ष अजित कार्कीको संयोजकत्वमा भएको कार्यक्रममा अध्यक्ष कार्कीको माता दुर्गादेबी कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । अन्तरक्रियामा थाहा नगरपालिका वडा नं. ३ की वडासदस्य एवं कार्यपालिका सदस्य पबित्रा ठकुरी कार्की, महिला समूहकी अध्यक्ष शान्ति तामाङ, पालुङ जेसीज बर्ष २०२३ का कोषाध्यक्ष माधव कार्की, कार्यकारिणी उपाध्यक्ष दीपा बल, अन्जय प्रधानलगायत समूहका सदस्यको सहभागिता रहेको थियो ।

यसैगरी शुक्रबार थाहा नगरपालिका वडा नं. ३ मा रहेको सीताराम ज्येष्ठ नागरिक दिवा सेवाकेन्द्रमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका साथै दहीचिउरा खुवाउने कार्यक्रम सम्पन्न भएको छ । थाहा नगरपालिका वडा नंं १ मा रहेको संकल्प पोलिक्लिनिक र विङ युथ संस्थाको सहकार्यमा केन्द्रका २५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै स्वास्थ्य परामर्श दिइएको पालुङ जेसीज बर्ष २०२३ का कानुनी सल्लाहकार रायमाझीले बताए ।

स्वास्थ्य परीक्षणका साथै दहीचिउरा खुवाउने कार्यक्रम पालुङ जेसीज बर्ष २००५ का अध्यक्ष सानोभाइ कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । पालुङ जेसीजका फेलोसिप संयोजक गणेश बिष्टको संयोजकत्वमा भएको कार्यक्रममा समाजसेवी भरत पराजुली, पालुङ जेसीजका निबर्तमान अध्यक्ष जयराम केसी, कानुनी सल्लाहकार निरज रायमाझी, कोषाध्यक्ष माधव कार्की, तालिम आयुक्त अनिता बिष्टलगायत बोर्डका पदाधिकारीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*