भीमफेदीमा सार्वजनिक सुनुवाई
हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका ३ नम्बर वडाबासीले अध्यक्षलाई चुस्तदुरुस्त काम गर्न सुझाव दिएका छन् । कार्यालयले स्थानीय तहको निर्वाचनपछि पहिलोपटक सार्वजनिक सुनुवाइको आयोजना गरेको कार्यक्रममा सहभागीले यस्तो सुझाव दिएका हुन् । आर्थिक बर्ष २०७९÷८० को वडामा भए गरेको कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको हो ।
आश्रय नेपाल मकवानपुरको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा वडाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आमनागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गर्न सार्वजनिक सुनुवाई गरिएको हो ।
सेवाग्राहीका रुपमा आएका सर्वसाधारणप्रति सेवाप्रदायक निकायबाट भए गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजनागरिएको वडासचिव निर्मला हुँमागाईले बताइन् ।सार्वजनिक सुनुवाईमा पालना गर्नुपर्ने आचारसंहिताको बारेमा संचारकर्मी रामकुमार दानीले जानकारी गराए ।
कार्यक्रममा विशेष गरी वडावासीले कृषि उत्पादन, कित्ताकाट, यातायात, खानेपानी तथा सरसफाई, वाटोघाटो, विद्युत, विद्यालय भवन निर्माण साथै सामाजिक विकास लगायतको समस्याको वारेमा समाधानको उपाय खोजेका थिए । कार्यक्रममा वडाको विविध समस्या तथा समाधानका उपाय बारेमा विचारविमर्श गरिएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु गर्नुअघि संचारकर्मी रुपक कालिराजले नागरिक प्रतिवेदनपत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेका थिए । धेरै उत्तरदाताले विकास निमार्णका कार्यहरु निरन्तर गर्ने गरेको, कर्मचारीमा मैत्रीपूर्ण व्यबहार रहेको, सेवाग्राहीको समस्या स्पष्ट पार्ने र प्रक्रिया अनुसार कार्य गरिने गरेकोे बहिर्गमन अभिमतले देखाएको परिणाम हो ।
त्यस्तै सहभागीले कार्यालय समयमा कर्मचारी उपस्थितिलाई नियमित गर्नुपर्ने, बिकट मानिएका क्षेत्रहरु विकास निमार्णलाई थप प्राथमिकतामा राख्नुपर्ने, विकास निर्माणसँगै सामाजिक विकासका काममा ध्यान दिनुपर्ने, सेवा दिने कार्यालय आफ्नै हुनुपर्ने, सार्वजनिक सुनुवाई कार्यक्रम हरेक बर्ष आयोजना गर्र्नुपर्ने, चुस्तदुरुस्त सेवा प्रवाह गर्नुपर्ने लगायत सुझाव दिएका थिए ।
वडावासीलाई सुसूचित गराउँदै वडाअध्यक्ष प्रितिलाल लामाले कार्यक्रममा उठेका सवालमाथि जवाफ दिदैँ समयमा नै मुस्कान सहितको सेवा दिने प्रतिबद्धता जनाए । वडाको विकासका लागि खेलमैदान निर्माण गर्ने, समृद्व वडा निर्माण गर्ने, सडक संजाल निर्माण गर्ने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने कार्यमा आफूले ध्यान दिएको बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शुसासन कायम गर्नमा सहयोग पुगोस् भन्ने हेतुले आयोजना गरेको भन्दै वडाको विकास र सेवालाई सेवाग्राहीको हितमा गर्ने पक्षमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । वडाभित्र रहेका विभिन्न खाले समस्यालाई बाहिर ल्याएर समृद्व वडा बनाउने अभियानमा टेवा पु¥याउन सबैमा आग्रह गरे । कायत्र्रmममा वडाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, वडावासी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।







