बालजागृतिमा बोर्डिङमा युवा रेडक्रस सर्कल
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–२, स्थित बालजागृति इङ्लिश सेकेन्डरी बोर्डिङ स्कुलमा युवा रेडक्रस सर्कल पुनःगठन गरिएको छ । भेलाले मनिक तिमल्सिनाको अध्यक्षमा ११ सदस्यीय बालजागृति युवा रेडक्रस सर्कल बनाएको हो । नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिवहरि दाहालको प्रमुख आतिथ्यमा तथा बालजागृति इङ्लिश सेकेन्डरी स्कुलका प्रिन्सिपल विनोद सुवेदीको सभाध्यक्षमा भेला आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला जुनियर युवा समिति सदस्य हिक्मत श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाका सचिव मोहनचन्द्र चौलागाईं, शिक्षकनायक सरु अधिकारी, शिक्षक निर्मला अर्यालले मन्तव्य व्यक्त गरेका थिए । भेलामा रेडक्रस मकवानपुरका उपमन्त्री दाहालले विश्व रेडक्रस र नेपाल रेडक्रस अभियान, जुनियर÷युवा
रेडक्रसको आवश्यकता र महत्व लगायतका बारेमा विद्यार्थीलाई प्रशिक्षण दिएका छन् ।







