भीमफेदीको बुङ्दलमा नक्षत्र बगैंचा निर्माण

साझाकुरा
२०८० असार २९, शुक्रबार ११:५३

हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ बुङ्दल बजार क्षेत्रमा रहेको क्षेत्रमा विहीबार २७ जातका विरुवाको बृक्षरोपण गरिएको छ । सव डिभिजन वन कार्यालय भैंसे र दरवार डाँडा समूदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा स्मृति नक्षत्र बाटिकाको शिलान्यास गरी विरुवा रोपिएको हो । मकवानपुरमा मात्रै नभई बागमती प्रदेशमै पहिलो पटक भूमिपूजन र नक्षत्रको पूजा गरी राशी अनुसारका विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।

उनका अनुसार १२ राशी, ९ ग्रह र २७ नक्षत्रलाई आधार मानेर स्मृति नक्षत्र बाटिकामा विरुवा रोपिएको बताए । प्रकृति र संस्कृतिको संयोजनलाई हामीले मकवानपुरमा पहिलो पटक यस क्षेत्रमा गरिएको बताए ।

धेरै जनालाई आफ्नो राशीअनुसार कुन विरुवा हुन्छ भन्ने थाहा छैन अब यस कार्यले धेरै मानिसलाई आफ्नो राशी, नक्षत्र अनुसारको विरुवा चिन्न सकिने आचार्यले बताए । नक्षत्र बगैंचामा केरा, अमला, समि, आँक, मौलश्री, रिठ्ठा, पलाँस, बाँस, जामुन, डुम्री, सिसौ, खयर, पिपल, नागकेशरी, बर, लहरे पिपल, बेल, अर्जुन, कंकरो, सिमल, वेत, कटहर, कदम, आँप महुवा, नीमको विरुवा रोपिएको आचार्यले बताए ।

डिभिजन वन कार्यालय राप्ती, मनहरीको सहयोगमा वन उपभोक्ता समूहको संरक्षणमा हुनेगरी स्मृति नक्षत्र वृक्षरोपण गरिएको कार्यक्रम संयोजक सलिना राईले बताईन् । उनका अनुसार डिभिजन वन कार्यालयको वार्षिक कार्यक्रम अन्तरगत यस कार्यक्रम गरिएको बताईन् ।

कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटा, मनहरीका प्रमुख आचार्य, भीमफेदी वडा १ का वडाध्यक्ष सोमबहादुर स्याङुतान, मकवानपुरगढी ५ का वडाध्यक्ष दिपेश दाहाल, डिभिजन वन कार्यालय मकवानपुरका अच्युतप्रसाद उपाध्याय, वन निर्देशनालयका हेम पाठक, फेकोफन मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, प्रदेश वन तथा वातावरण मन्त्रालयका सञ्जिव सुवेदी, दरवार डाँडा सामूदायिक वनका अध्यक्ष पूर्णबहादुर घलान, बुङ्दल सामूदायिक वनका अध्यक्ष चन्द्रप्रसाद दुलाल लगायत वन कार्यालयका कर्मचारी, वन उपभोक्ता तथा स्थानीयको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*