६ जना भूमिहीनलाई लालपुर्जा वितरण

साझाकुरा
२०८० असार ३१, आईतवार १०:१४

हेटौंडा- मकवानपुरको बागमती गाउँपालिकाले ६ जना भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । गाउँपालिकाको १० औं गाउँसभामा बागमती गाउँपालिका वडा नम्वर ३ का ६ जना भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो ।लालपुर्जा प्राप्त गर्नेहरुमा क्रमशः वीरबहादुर भोलन, मंगलबहादुर बिक, बुद्धिमान मोक्तान, मंगलीमाया स्याङतान, तेजबहादुर मोक्तान र बलबहादुर भोलन रहेका छन् ।

उनीहरुलाई गाउँपालिका अध्यक्ष सर्केश घलानले लालपुर्जा वितरण गरेका थिए । विकलाई २ सय ४० हेक्टर, तेज बहादुरलाई १ हजार २ सय ६४ हेक्टर, वीरबहादुरलाई २ हजार हेक्टर, मंगलीमायालाई २ हजार हेक्टर, बुद्धिमानलाई २ हजार हेक्टर र बलबहादुरलाई २ हजार हेक्टर जग्गा वितरण गरिएको बागमती गाउँपालिका–३ का अध्यक्ष कमानसिं पाख्रिनले जानकारी दिए ।

त्यस्तै, गाउँसभामा सरकारी कार्यालय प्रयोजनका लागि जग्गा दान गर्ने २३ दातालाई सम्मान गरिएको छ । कार्यालय प्रयोजनका लागि जग्गा दान गर्नुहुनेमा तुलासा थोकर, डुब्वाङ पाख्रिन्, मानकाजी जिम्बा, आइतेसिं पाख्रिन्, बिजय जिम्बा, कार्शाङ पाख्रिन्, सुवास घिसिङ, तिलक बहादुर माझीलगायत २३ दातालाई पालिकाले सम्मान गरेको हो ।

उनीहरुले पालिकाका वडा भवन र सरकारी संरचना निर्माणका लागि तीन कठ्ठासम्म जग्गा थिएका थिए । ती जग्गामा वडा कार्यालय, स्वास्थ्य कार्यालय, स्वास्थ्य खोप केन्द्र निर्माण गरिएको पालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*