मनहरीमा ११ बर्षीया बालिका बलात्कृत, एकजना पक्राउ

साझाकुरा
२०८० श्रावण १, सोमबार ११:२७

हेटौंडा- मनहरी गाउँपालिका–७ लामाबस्तीमा एक बालिका बलात्कृत भएकी छन् । असार २९ गते बिहान ४ बजे ११ बर्षीया बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।बालिका बलात्कृत भएको घटना बाहिर आएपछि घटनामा संलग्न सोही स्थानका मनिकलाल गोलेलाई पक्राउ गरी कानूनी कारबाही थालिएको प्रहरी निरीक्षक कृष्णराज ढकालले बताए । पक्राउ परेका गोलेले पनि बालिकालाई बलात्कार गरेको स्वीकार गरेको र बालिकाले पनि बलात्कृत भएको घटना खुलस्त जानकारी गराएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गोलेलाई जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुन्धान अघि बढाइएको छ भने बालिकालाई सिविन बाल हेल्पलाइनमा सुरक्षित राखिएको
छ । जघन्य प्रकृतिको घटनामा समेत मेलमिलाप गराउन केही मानिसहरु लागिपरेको र प्रहरीले जघन्य घटनाबारे छलफल नै नहुने बताएपछि असार ३० गते साँझ ढिलो गरी जाहेरी दर्ता भएको बताएको छ ।

बलात्कार घटनासँग ती बालिकामाथि अन्य केही व्यक्तिले पनि नियमित यौनदुब्र्यवहार गर्दै आइरहेको बताइन्छ । चकलेट, बिस्कुट दिन्छु भनेर बालिकाको यौनशोषण गर्ने लगायतका क्रियाकलाप हुने गरेको आरोप लागेको छ । तर, त्यस्ता दुव्र्यबहारका घटना प्रहरीसामु पीडित तथा अन्यले नपु¥याएको र पक्राउ परेका ब्यक्ति स्वयम्ले जबरजस्ती करणी गरेको स्वीकार गरेको इलाकाप्रहरी कार्यालय मनहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*