नेपाली कांग्रेस विशेष आन्तरिक अभियानमा

साझाकुरा
२०८० श्रावण २२, सोमबार ११:३२

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले ‘विशेष आन्तरिक अभियान’ का लागि प्रदेश प्रतिनिधिहरु तोकेका छन् । सभापति बानियाँले अभियानलाई सफल बनाउन पदाधिकारी एवम् सदस्यहरुलाई प्रदेश प्रतिनिधि तोकेका हुन् ।प्रदेश समितिले काठमाडौंका लागि सह–महामन्त्री हरिशरण श्रेष्ठ, ललितपुरमा सदस्य प्रभात तामाङ, भक्तपुरमा सहमहामन्त्री ऋषिराम घिमिरे, रसुवामा सदस्य नीमा लामा, धादिङमा सदस्य सन्तबहादुर प्रजा र नुवाकोटमा सदस्य तिलकप्रसाद रुवालीलाई खटाइएको छ ।

यस्तै चितवनमा सदस्य रामचन्द्र अर्याल ‘माइकल’ मकवानपुरमा सदस्य कैलाश कोइराला, सिन्धुलीमा सदस्य उपेन्द्र लम्साल, काभ्रेपलान्चोकमा सह–महामन्त्री जीवन डंगोल, सिन्धुपाल्चोकमा सदस्य दीपेन्द्र आचार्य, दोलखामा सदस्य भगवान खड्का र रामेछापमा सदस्य सानुकान्छा श्रेष्ठलाई खटाइएको विज्ञप्तिमा उल्लेख छ । सभापति बानियाँले बागमती प्रदेश अन्तगर्तत प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि प्रतिनिधि खटाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*