राजनीतिमा विविधता, विकासमा एकता ः नेता बानियाँ

साझाकुरा
२०८० श्रावण २६, शुक्रबार ११:२४

हेटौंडा-राजनीतिक विविधता भएता पनि विकासमा एकता हुनु पर्नेमा नेपाली काँग्रेस बागमती प्रदेश सभापति एवम प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले जोड दिएका छन् । आठौं राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा रानी सामुदायिक वन उपभोक्ता समूहले वीपी गणेशमान स्मृति शान्ति पार्कमा आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्वोधन गर्दै नेता बानियाँले यस पार्कलाई धार्मिक पर्यटकीय पार्क बनाउनु पर्नेमा जोड दिए । नेता बानियाँले भने–‘समाजमा धेरै थरीका मानिस बस्ने भएकाले सबैको सुझाव र सल्लाह लिई यस पार्कलाई आयआर्जनको रुपमा विकास गर्नुपर्छ ।’ पार्कको विकासमा आफूले सदैव सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा धुपी, मेङगो स्टीक, रक्तचन्दन लगायतका विरुवारोपण गरिएको हो । वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौंडा–६ कावडाअध्यक्ष विष्णुबहादुर दाहाल, ७ का वडाअध्यक्ष दामोदर गौतम, हेटौंडा–६ का वडासदस्य लेखराज ढकाल, विजय पौडेल, मुना बिक, निवर्तमान वडाअध्यक्ष अर्जुनप्रसाद चौलागाई, पर्यटन विकास आयोजना, हेटौडाका निमित्त प्रमुख रोशनकुमार श्रीबास्तव, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वनअधिकृत बसन्तराज गौतम, सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदुकुमार घिमिरे, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, समूहका उपाध्यक्ष केशव धिताल, वन समूहका कार्यसमिति, लेखा समिति, सल्लाहकार, सञ्चारकर्मी, स्थानीयको उपस्थिति थियो ।

पार्कका अध्यक्ष भीमसेन पौडेलले पार्कको आयब्यय विवरण पेश गरेका थिए भने पार्कका सचिव भरत सापकोटाले पार्कले गरेका विभिन्न गतिविधिको बारेमा जानकारी गराएका थिए । अवलोकनकर्तालाई अबलोकनको लागि उपयुक्त स्थान बनाउने उद्धेश्यका साथ पार्क निर्माण गरिएको हो ।पार्कभित्र गोलघर, कार्यालय भवन, किरातेश्वर महादेवको मन्दिर, टीकटक गेट, शौचालय निर्माण भैसकेका छन् । वीपी, गणेशमान, मनमोहन, पुष्पलालको अर्धकदको शालिक, पिकनिक स्पट, झोलुङगे पुललगायत कार्यहरु गरिने पार्क समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*