बकैयामा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’
हेटौंडा-‘जनतासँग माओवादी विशेष रुपान्तरण’ तीन महिने अभियान सञ्चालन गर्न मकवानपुरमा पनि बैठक बस्ने र जिम्मेवारी तोक्ने काम सुरु भएको छ । अभियान अन्र्तगत माओवादी केन्द्र बकैया गाउँपालिका मकवानपुरको पूर्णबैठक भएको छ ।घर–घरमा माओवादी जन–जनमा माओवादी भन्ने नाराका साथ जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत बकैयामा बैठक भएको हो । जनतासँग माओवादी विशेष अभियान भनेर जनतासँग जोडिने प्रत्येक वडामा पुगेर तीन महिने अभियान चलाईनेछ । नयाँ अभियानसहित माओवादी केन्द्र सातवटै प्रदेशमा हरेक वडामा पुग्ने अभियानमा ।
पहिलो चरणको संगठन बिस्तार गर्न र वडावडाको घरघरमा पुग्न बकैयाको १२ वटै वडामा जिम्मेवारी तोकिएको छ । बकैयाको १ नं. वडामा लोकनाथ गौतम, २ नं. वडामा विमल नेपाल, ३ नं. वडामा ज्ञानसागर लामा, ४ नं. वडामा परशुराम गौतम, ५ नं. वडामा इन्द्रप्रसाद गौतम जगतजंग, ६ नं. वडामा शंकरराज बानियाँ सागरलाई जिम्मेवारी तोकिएको छ ।त्यस्तै ७ नं. वडामा रामहरि गौतम, ८ नं. वडामा नवराज चौलागाई, ९ नं. वडामा भवनाथ तिमल्सिना, १० नं. वडामा अर्जुन वाईवा उज्वल, ११ नं. वडामा भक्तबहादुर खत्री र १२ नं. वडामा चन्द्रबहादुर न्यासु्रलाई जिम्मेवारी तोकिएको छ । भदौ १६ गतेदेखि कार्यक्रमको औपचारिक उद्घाटन हुनेछ ।
बकैया गाउँपालिका माओवादी केन्द्र गाउँ कमिटी अध्यक्ष भक्तबहादुर खत्रीको सभाध्यक्षतामा भएको विस्तारित बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्र गौतम जगतजंग, बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु, प्रदेश कमिटी सदस्य शंकर बानियाँ सागर, बागमती गाउँपालिका इन्जार्ज ज्ञानसागर लामा, जिल्ला कमिटी सदस्य, गाउँ पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रम माओवादी केन्द्र बकैया गाउँ कमिटी सचिव विमल नेपालले सञ्चालन गरेका थिए ।







