मकवानपुरका डिएसपी कार्कीको सरुवा, भण्डारी आउने

साझाकुरा
२०८० भाद्र १७, आईतवार ०९:४६

हेटौंडा-प्रहरी प्रधान कार्यालयले प्रहरी नायवउपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । मकवानपुरका डिएसपी टेकबहादुर कार्कीको पनि सुरुवा भएको छ ।सरुवाको सूचिमा जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता एवं प्रहरीनायवउपरीक्षक कार्की पनि रहेका हुन् । उनी इलाका प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी सम्हाल्न जाने भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्तामा प्रहरीनायवउपरीक्षक लक्ष्मी भण्डारी आउने सूचनामा उल्लेख छ । उनी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया,बारामा कार्यरत थिए ।

यसैगरी, प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त महाराजगञ्जमा अमरबहादुर थापा क्षेत्रीलाई सरुवा गरेको छ । उनी प्रहरी प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए । प्रहरी वृत्त गौशालामा केशवकुमार थेवे, दरबारमार्गमा गोविन्द थापा, सोह्रखुट्टेमा चतुर्भुज ओझा, जगातीमा दिप्ती कार्र्की र स्वयम्भूमा पूर्णिमा चन्दलाई सरुवा गरिएको छ । प्रहरी वृत्त बौद्धमा राजु पाण्डे र नयाँ बानेश्वरमा शिवराज बुढाथोकीलाई ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटामा अर्जुन केसी, प्यूठानमा ईश्वर थापा, बाजुरामा कवीन्द्रसिंह बोहरा, पर्वतमा खुमलाला भुसाल र संखुवासभामा घनश्याम श्रेष्ठ सरुवा भएका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङमा पुरुषोत्तम खड्का, बझाङमा भरतबहादुर शाह, मुस्ताङमा भोजराज पाण्डेय, लमजुङमा मीनबहादुर घलेलाई सरुवा गरिएको छ । भोजपुरमा सुदीपराज पाठक र पाँचथरमा हेमन्त भण्डारी क्षेत्री गएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*