परिवार नियोजनको क्लिनिक उद्घाटन

साझाकुरा
२०८० भाद्र २०, बुधबार ११:४६

हेटौंडा-नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा र ११ नम्बर वडाको सिमलटार टोल विकास समितिको संयुक्त आयोजनामा साप्ताहिक क्लिनिक स्थापना गरिएको छ ।
परिवार नियोजनका संघका सभापति इश्वर पण्डितको सभाध्यक्षतामा भएको क्लिनिक उद्घाटन कार्यक्रममा नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाका निवर्तमान सभापति तथा संघका केन्द्रीय सदस्य निगम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ११ नम्बर वडा टोल समन्वय समितिका अध्यक्ष यज्ञ आचार्य, संघका शाखा प्रबन्धक ममिता श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्ष फूलमान श्रेष्ठले गरेका थिए ।

क्लिनिक हप्ताको एक दिन शनिवार सञ्चालन गरिने भएको छ । क्लिनिकबाट पाठेघरको परीक्षण, आयूसिटी इन्प्लान्ट लगाउने र झिक्ने काम, एचआइभी एड्स सम्बन्धी परीक्षण सेवा, सुरक्षित गर्भपतन सम्बन्धी सेवा, मातृशिशु सम्बन्धी सेवालगायत परिवार नियोजनका अस्थायी साधानहरु पनि वितरण गरिने संघका निवर्तमान सभापति श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*