प्रतिफल सहकारीको नेतृत्वमा पुनः जोशी

साझाकुरा
२०८० भाद्र २४, आईतवार १०:३५

हेटौंडा-प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–२, मनकामना चोकको अध्यक्षमा दिलिसगोविन्द जोशी पुनः निर्विरोध निर्वाचित भएका छन् ।सहकारीको शनिबार हेटौंडामा भएको १० औं साधारणसभा तथा चौथो अधिवेशनबाट जोशी निर्वाचित भएका हुन् । सहकारी उपाध्यक्षमा निलम श्रेष्ठ, सचिव कमल गौतम, कोषाध्यक्ष यदुनाथ तिमिल्सिना तथा सदस्यहरुमा राजेश्वर दाहाल, समेन्द्र पौडेल, हरिगोपाल सापकोटा, हरि श्रेष्ठ र मेनुका पौडेल चयन भएका छन् ।अधिवेशनले लेखा समिति संयोजकमा गोकर्णप्रसाद बर्तौला तथा सदस्यद्वयमा रुपेश खतिवडा र अजीव भट्टराईलाई चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*