हेटौंडामा पहिलो माइक्रो लाइफ इन्स्योरेन्सको सेवा सुचारु
हेटौंडा- क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स प्रा.लि. को हेटौंडा शाखा आइतबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । कार्यक्रममा राजनीति, कानुन, आर्थिक क्षेत्रका साथै शिक्षा र पत्रकारिता सहित विविध क्षेत्रका व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो ।न्यून आयस्तर भएकादेखि सामूहिक र ठूला लगानीका तथा उच्च मूल्याङ्कनका लगानीमा समेत वीमा सेवा सुविधा दिनेगरी स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले हेटौंडामा पहिलो माइक्रो लाइफ इन्स्योरेन्सको सेवा सुचारु भएको शाखा प्रबन्धक शर्मिला बलामीले बताइन् ।
विगतमा नेशनल लाइफ इन्स्योरेन्स लगायत संस्थामा ५ वर्ष अनुभव बटुलेकी उनले यस संस्थामार्फत् लघु एवम् जीवन बीमा दुवै गर्न सकिने तथा अन्य बीमा कार्यालयमा आबद्ध रहेर पनि यस संस्थामार्फत् अभिकर्ताका रुपमा कार्य गर्न सकिने हुँदा यस संस्था अझ लचिलो रहेको जानकारी दिइन् ।एक वर्षे, दुई वर्षे वा पाँच वर्षे अवधिको ‘फिक्स टर्म’ सुविधा न्यून आय भएकाहरुको लागि लक्षित गरिएको सुविधा हो । प्ले÷एप स्टोरको एप्लिकेसनमार्फत् सेवालाई अझ सहज रुपमा विस्तार गरिरहेको क्रेस्टले नेपालबाट सुलभ र भरपर्दो लघु–बीमा समाधानहरुको साथ वित्तीय भविष्यको रक्षाको उद्देश्य लिएको छ भने हेटौंडास्थित कार्यालय पूरानो बैंक अफ काठमाडौं (वर्ल्ड लिंक) को भवनमा रहेको छ । यस वीमा शाखाको उद्घाटन कार्यक्रममा १०० बढी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।







