चुरियामाईको खानेपानी उपभोक्ता समिति बोर्डमा गाभियो
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानी चुरिमाईमामा अवस्थित शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ ।यस क्षेत्रमा संचालित ४५० धाराले १० हजार लिटर खानेपानी उपभोग गरे बापत न्युन्तम शुल्क २५० रुपैयाँ भुक्तानी गर्दे आइरहेकोमा अबदेखि १० हजार लिटरसम्म पानी निःशुल्क खानेपानी उपभोग गर्न पाउने भएका छन् । कार्यक्रममा वडा नंम्बर १५ का वडाअध्यक्ष सुनील मोक्तानले साविक चुरियामाई गाविसको विगतको खानेपानीको लागि गरिएका प्रयास तथा संघर्षहरुका बारेमा प्रकाश पारे ।
हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । खानेपानीको ट्यांकी निर्माण गर्न जग्गा उपलबध गराउने जग्गा दातालाई सम्मान गर्नुका साथै समितिमा विगत लामो समयदेखि कार्य गर्दे आएका कर्मचारी सेते वाइवालाई उमेर हदका कारण अवकास दिइ विदाई तथा सम्मान समेत गरिएको थियो ।निर्वाचित जनप्रतिनिधिले आफनो घोषणापत्रमा बाचागरे अनुसार हेटौंडा–१५ का बासिन्दालाई १० हजार लिटर खानेपानी निशुल्क उपलब्ध गराउन सफल भएकोमा नगरप्रमुख लामाले खुशी व्यक्तगरिन् । हेटौंडा उपमहानगरपालिकाका नगरउपप्रमुख राजेश बाँनियाले नगरबासीलाई न्यून्तम विद्युत महशुल छुट दिनको लागि आवश्यक अध्धयन कार्य भईरहेको जानकारी गराए ।
शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पातली गोङ्वाको सभाअध्यक्षतामा सम्मपन्न कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको विशेष आतिथ्यता एवम् खानेपानी व्यवस्थापन बोर्डका कार्यालयप्रमुख विष्णुप्रसाद सापकोटा, पूर्व गाविस अध्यक्ष प्रेमबहादुर भोम्जन, समाजसेवी भानुप्रताप विडारी, पूर्व खानेपानी उपभोक्ता समितिका अध्यक्ष पञ्चबहादुर थिङको आतिथ्यतामा रहेको थियो ।बोर्डमा हाल करिब २५ हजार ५ सय धारा संख्या रहेको र बोर्डले यस अघि वडा नं. १५ का रातोमाटे, सानो सुकौली, ठुलोसुकौली, जाँते, चित्रेपानी, गौरीटार आदि क्षेत्रहरुमा खानेपानीको सेवा दिदै आइरहेको छ ।







