९५ जना ज्येष्ठ नागरिक सम्मानित

साझाकुरा
२०८० आश्विन १५, सोमबार ०९:३०

हेटौंडा- हेटौंडा उपमहानगरपालिका कार्यालयले ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ९५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।हेटौंडा भित्रका १९ वडाका ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो । ६० वर्षदेखि १ सय १२ वर्षसम्मका जेष्ठ नागरिकलाई सम्मान गरेको उपमहानगरपालिकाले जनाएको छ । कार्यक्रममा प्रत्येक वडाका गरिब तथा विपन्न ५÷५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले सम्मानस्वरुप एक थान कम्बल, एउटा लौरो र मोबाईल फोन प्रदान गरेकी थिइन् ।

कार्यक्रममा उपमहानगरपालिको सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले ज्येष्ठ नागरिकहरुको हकअधिकार सुनिश्चित गर्न वडा–वडामा ज्येष्ठ नागरिक मञ्च गठन गरिएको जानकारी गराइन् । सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*