राक्सिराङका ५० जना वृद्धवृद्धालाई सम्मान
हेटौंडा-राक्सिराङ गाउँपालिकाले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसमा आफ्ना पालिकाका बृद्धबृद्वालाई सम्मान तथा अन्तरक्रिया सहित बिबिध कार्यक्रमका बीच मनाएको छ ।सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानवअधिकारबारे बिश्वब्यापी रुपमा गरिएको बाचाहरु पूरा गरौं भन्ने मुलनाराका साथ विश्वभरी जेष्ठ नागरिक दिवस मनाइएकोछ । आइतबार राक्सिराङ गाउँपालिका–५ लाईसिराङमा सम्पन्न कार्यक्रममा बृद्धबृद्धाले पालिकालाई धन्यवाद दिएका थिए । सोही अवसरमा राक्सिराङ–५ निवासी १०७ बर्षीय जेष्ठ नागरिक बहाबली चेपाङलाई गाउँपालिका अध्यक्ष राजकुमार मल्लले खादा ओढाएर सम्मान गरे । उनीसहित गाउँपालिकाका ५० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
राक्सिराङ गाउँपालिका र नाफानको संयुक्त साझेदारीतामा सम्पन्न कार्यक्रमले बिश्व जेष्ठ नागरिक दिवसको अवसर पारेर चेपाङ बा आमासंग सम्बाद कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बृद्धबृद्धालाई कपडा बितरण गरिएको थियो । यस्तैगरी स्वास्थ्य जाँच, सहभोज एबम उनीहरुका गुनासो र जेष्ठ नागरिक र उनीहरुका परिवारका सदस्यहरु बीच अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियामा जेष्ठ नागरिकले आफ्ना परिवारका सदस्यले आफूहरुलाई वास्ता नगर्ने , बृद्धभत्ता लिन आउँदा अटोहरुले भाडा मनोमानी लिने गरेको र बृद्धभत्ता घरघरैमा उपलब्ध गराईदिन गाउँपालिका अध्यक्ष समक्ष आग्रह गरेका थिए ।
यसभन्दा अगि कोही कतैबाट आफूहरुको चासो नगरेको भन्दै यो पटक गाउँपालिकाले यसरी सम्झिएकोमा खुसी ब्यक्त गरेका थिए । ज्येष्ठ नागरिक हाम्रो समाजको आधार र ईतिहास भएको भन्दै हामीले हाम्रा अभिभावकको सम्मान र उहाँहरुलाई माया गर्नुपर्नेमा जोड दिए । जेष्ठ नागरिकको स्वास्थ्य उपचारमा पालिका सरकारले बिशेष कार्यक्रममार्फत उनीहरुको सेवा गर्दै आइरहेको बताए ।
साथै हामीले हाम्रा आमाबुवालाई माया र सम्मान ग¥यौं भने मात्रै हाम्रा छोराछोरीले हामीलाई माया र सम्मान गर्ने भन्दै सबैमा आफ्ना आमाबुबालाई मानसम्मानका साथ घरमा राखिदिन आग्रह गरे ।







