संजीवनी सहकारीमा फेरि चौधरी

साझाकुरा
२०८० आश्विन १५, सोमबार ०९:३९

हेटौंडा- हेटौंडा–५ पिप्लेमा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः जानकी चौधरी चयन भएकी छिन् ।शनिबार भएको २२ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेसनबाट चौधरीको नेतृत्वमा नयाँ समिति चयन गरिएको थियो । संस्थाको उपाध्यक्षमा यमबहादुर श्रेष्ठ, सचिवमा विनोदकुमार पुडासैनी, सहसचिवमा पदमबहादुर बजगाई, कोषाध्यक्षमा शशिकर पाण्डे, सहकोषाध्यक्षमा ईश्वरी चालिसे पोखरेल चयन भएका छन् । सचिव पद बाहेक सबै पदाधिकारीहरुमा सर्वसम्मत चयन गरिएको थियो ।

सचिवमा भने जानुका संजेल दाहाल र विनोदकुमार पुडासैनीबीच चुनावी प्रतिस्पर्धा भएको थियो । पुडासैनीले ७६६ मत प्राप्त गर्दा दाहालले ३५९ मत प्राप्त गरेकी थिइन् । संस्थाका सदस्यहरुमा देवीबहादुर बुढाथोकी, संजीव श्रेष्ठ, खोमराम श्रेष्ठ, अन्जना नेपाल, रीता दवाडी ठकुरी, रामकुमार विष्ट, गोपाल कार्र्की, सरस्वती दाहाल चयन भएका छन् । त्यस्तै संस्थाको लेखा समितिको संयोजकमा राजुकुमार प्रधान र सदस्यहरुमा केशव श्रेष्ठ र सन्तोष पौडेल चयन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*