अपाङ्गता को मुद्दामा मिडिया कभरेज खुम्चिएको प्रति चिन्ता
हेटौंडा- हेटौंडामा आइतबार मिडिया र अपाङ्गता भएका व्यक्ति विषयक छलफलमा अपाङ्गता भएका व्यक्तिहरुको मुद्दामा मिडिया कभरेज पर्याप्त हुन नसकको प्रति चिन्ता व्यक्त गरिएको छ ।कार्यक्रममा अपाङ्गता अधिकार सवाल पहुँचयुक्त भौतिक संरचना प्रतिवेदन सार्वजानिक गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा भएको अपाङ्गताअभियानकर्र्मी तथा सिआईएलका महासचिव गणेश केसीले अ·ताका विषयमा समाचार लेख्दा ध्यान दिनुपर्ने विषयवस्तुबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रयोग गर्न हुने र नहुने विभिन्न शब्दहरु, मिडियामा अपाङ्गता भएका व्यक्तिको स्थान, पत्रकारले पालना गर्नुपर्ने र ध्यान दिनुपर्ने कुराहरुका विषयमा बृहत छलफल गरेका थिए ।
महासंघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सरकारी निकायको पहुँच परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै प्रदेश जनवकालत अधिकृत सुरेन्द्र तिमल्सिनाले सरकारी निकायमा प्रमुख समस्याबारे आफ्नो प्रस्तुती गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, राष्ट्रिय मानव अधिकार आयोग प्रदेशका अधिकृत लोकनाथ घिमिरे, लक्ष्मी पौडेल, महासंघका केन्द्रीय उपाध्यक्ष अनिता घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।







