चुरियामाईमा सवारी दुर्घटना हुँदा ९ जना घाइते
हेटौंडा-मकवानपुर र बाराको सीमाक्षेत्रहेटौंडा–१५ चुरियामाइस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको वि·र र नेपालगंजबाट सिन्धुली तर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा ९ जना घाइते भएको मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा परेर घाइते भएकाहरुको हाल पहिचान खुलेको छैन । उनीहरुलाई उद्दार गरेर उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको छ । दुवै सावारी साधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।







