गृहमन्त्रीलाई केपी ओलीको कटाक्ष, ‘हेटौंडा गएर गफ दिने ?’

साझाकुरा
२०८० आश्विन १७, बुधबार १०:०१

हेटौंडा, १५ असोज÷ गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार हेटौंडा पुगेर सुशासनको गफ दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्माओलीले सदनमै कटाक्ष गरेका छन् ।गृहमन्त्री श्रेष्ठले सुन प्रकरणका दोषि बचाउन ढाकछोप गरेको आरोप लगाउँदै हेटौंडा गएर गफ दिएको राम्रो नभएको मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले भनेका हुन् । ओलीले सुन तस्करी, सुशासनलगायतका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरेका थिए । ‘सुशासनको अभियान चलाएको र त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरु लागेको’ भन्ने गृहमन्त्रीको भनाइलाई ओलीले गफको संज्ञा दिएका छन् । ‘कुन विरोधी लागे तपाईंको सुशासनरोक्न ?’, ओलीले भने ।

सुन तस्करीमा संलग्नहरु– लाई पक्राउ नगरेको भन्दै ओलीले गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाए । प्रतिनिधिसभाको मंगलबारको बैठकमा ओलीले भने, ‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपाईं ढाकछोप गर्न लाग्नुहुन्छ । १ सय किलो सुन बरामद हुन्छ ।’, उनले भने । ‘छानबीन गर्न आयोग बनाउ भन्दा एक महिनासम्म लडाई लड्नु पर्छ । छानबीन गर्दा के बिग्रिन्थ्यो ? महासय, तपाईं किन आत्तिनुभयो, स्वतन्त्र निष्पक्ष छानबीनसँग ?’, ‘अनि गफ दिनुहुन्छ हेटौंडा गएर ।’, ओलीले थपे ।

गृहमन्त्रीले हेटौंडा आएर सरकार सुशासन अभियानमा लागेको बताउँदै सरकारले सुशासन कायम गर्ने हो की अभियान हो ? भन्दै प्रश्न गरे । ‘सुशासन अभियान हो ?’, उनले प्रश्न गरे, ‘सुशासन भनेको सरकारको नियमित कर्तव्य हो । नियमित काम हो । सरकारले दिनुपर्छ, शान्तिसुरक्षा दिनुपर्छ । भ्रष्टाचार रोक्नुपर्छ, कमिशनतन्त्र रोक्नुपर्छ । घुस रोक्नुपर्छ ।’, ओलीले भने, ‘सुशासनको अभियान चलाएको त्यसलाई रोक्न विरोधी लाग्या छन् भनेर हेटौंडामा उधुम खोक्नुभयो ।’, प्रतिपक्षमाथि सुशासनको अभियान रोक्न लागेको भनेर गृहमन्त्रीले गलत बोलेको ओलीको भनाइ थियो ।

सोमबार हेटौंडा आएका श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासन अभियान नरोकिने दावी गरेका थिए । भ्रष्टाचार, कुशासन र जाली फटहाविरुद्ध काम गरिहँदा त्यसको संरक्षकहरु आत्तिएको भन्दै सरकार सुशासनको अभियानमा लागिरहने बताएका थिए । वर्तमान सरकारको सुशासनको अभियानबाट जनतामा आशा र विश्वासबढिरहेको दाबी श्रेष्ठको थियो । सुशासन अभियानअन्तर्गत ललिता निवास, मिटरब्याज, भुटानी शरणार्थी, सुन तस्करी, भ्रष्टाचारका विभिन्न घटनाको छानबीनभइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*