हेटौंडामा नागरिक सम्मेलन गरिने
हेटौंडा, १६ असोज÷ हेटौंडामा गैरसरकारी संस्थाले वृहत नागरिक सम्मेलनको तयारी गरेको छ । गैरसरकारी संस्था महासंघ बागमती प्रदेशको साधारणसभाका अवसर पारेर हेटौंडामा प्रदेशस्तरीय वृहत नागरिक सम्मेलन हुन लागेको हो ।गैसस महासंघ बागमती प्रदेशको आयोजनामा हुन गइरहेको नागरिक सम्मेलनमा प्रदेशभरका विभिन्न संघसंस्थाका करिव पाँच सय पेशाकर्र्मीको सहभागीता रहने र सुझावहरु संकलन गर्ने कार्यक्रम रहेको अध्यक्ष आरती पाठकले जानकारी दिइन् ।
गैसस केन्द्रीय सचिव बुद्धशरण लामाले नागरिकको आवाजलाई बुलन्द बनाउन कार्यक्रमको उद्देश्य रहेको बताए ।सम्मेलनमा नागरिक समाजका अगुवाहरु केदार खड्का, गौरी प्रधानलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको समेत सचिव लामाले बताए । सरकारलाई खबरदारी गर्ने र आफ्ना आवाजलाई बुलन्द गराउन यस्ता कार्यक्रमले ठुलो अर्थ राख्ने उनको भनाई छ । नीतिगत सवालमा सरकारले नजरअन्दाज गरेको र नागरिक संस्थाहरु खुम्चने अवस्थामा पुग्ने भन्दै लैंगिक अवस्थालाई पनि बलियो बनाउन पनि कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष पाठकले बताएकी छन् । उनका अनुसार सम्मेलनमा बालबालिका, मानवअधिकार, सुशासन, दीगो विकास लक्ष्यलगायतका विषयहरुमा छलफल हुने जानकारी दिइएको छ ।







