सिमाचोकमा नेकपा एसको जनसभा, माधव नेपाल आउने

साझाकुरा
२०८० आश्विन १९, शुक्रबार १०:२३

हेटौंडा-सत्ता गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी)को मेची–महाकाली समाजवादी जागरण अभियानको टोली आज शुक्रबार हेटौंडा आइपुग्ने छ ।बिहीवार नेकपा एसको मकवानपुर जिल्ला कमिटीले पत्रकार सम्मेलन गर्दै गत १४ असोजबाट सुरु भएको १५ दिने मेची–महाकाली अभियानको टोली शुक्रबार हेटौंडा आइपुग्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहालले अभियानको टोली हेटौंडा आइपुग्ने र बिहान १०ः३० बजे हेटौंडामा सिमाचोकमा जनसभाको आयोजना गरिएको बताए ।

उनले कार्यक्रमको तयारी पूरा भएको बताए । अध्यक्ष दाहालले जनसभालाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । टोली हेटौंडा हुँदै चितवन जानेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*