जातीय द्वन्द्वलाई सरकारले उक्साएको सांसद सिंहको आरोप

हेटौंडा- मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद दीपकबहादुर सिंहले सरकारले जातीय द्वन्द्वका लागि उक्साइरहेको आरोप लगाएका छन् ।शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद सिंहले सरकारले नै जातीय द्वन्द्वका लागि उक्साइरहेको आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री स्वयंले जातीय लडाई लड्न आग्रह गरेको आरोप लगाए । जनप्रतिनिधिले चाहेको भए धरानको घटनालाई रोक्न सक्ने भन्दै सरकार यस्तो घटनाहरुमा मौन बसेको सिंहले दाबी गरे ।
प्रतिनिधिसभाको पूर्वाधार विकास समिति सभापतिसमेत रहेका सिंह प्रधानमन्त्रीले नेपाली–नेपालीका बीचमा काटमार गराउन खोजेको हो ? भन्ने प्रश्न समेत गरे ।सांसद सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टी धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम गर्ने पक्षमा रहेको र नेताहरुले सोही अनुसारका अभिव्यक्तिहरु दिइरहेका स्पष्ट पारेका छन् ।