कमजोरी सुधार्दै अगाडि बढ्नुपर्नेमा डीनाको जोड

साझाकुरा
२०८० आश्विन २६, शुक्रबार ११:३८

हेटौंडा- नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना)ले पार्टीभित्र देखिएका विगतका कमिकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएकी छन् ।उनले जिल्लाको पूर्वी क्षेत्रस्थित नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १, प्रदेशसभा (क)को आयोजनामा बिहीबार बागमती गाउँपालिका, फापरवारीमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पार्टीभित्र एकअर्कामा आरोप प्रत्यारोप नगरी पार्टी सुदृढिकरण गर्दै लैजानुपर्ने बताएकी हुन् । विगतका कमिकमजोरी सुधारेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेतृ डीनाले अब सबै एकढिक्का भएर पार्टी निर्माणमा लाग्नुपर्ने बताइन् ।

नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र १ को प्रदेशसभा (क)का सभापति सुशान्तकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सभापति बुद्ध लामा, कांग्रेस नेताहरु आनन्दराम पराजुली, यतीराज सापकोटा, दामोदर खनाल, इन्दिरा न्यौपाने, निलम देवकोटा, धर्मराज लामिछाने, बागमती गाउँपालिका सचिव शंकरकुमार पराजुलीलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*