चित्लाङमा वर्षौ पुरानो कार्तिके नाच

साझाकुरा
२०८० कार्तिक १४, मंगलवार १०:३३

हेटौंडा- मकवानपुर जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको चित्लाङमा कार्तिके नाच सुरु भएको छ ।करिब पाँचसय वर्ष पुरानो भनिएको नाच दशैंको कोजाग्रत पूर्णिमादेखि सुरु भएर ३ रातसम्म संचालन हुने गर्दछ । पूर्णिमाको अघिल्लो दिन स्वच्छन्द भैरवको रथ भैरबथानमा लगेपछि नाचको चहलपहल सुरु हुने गर्दछ । उक्त रथ पूर्णिमाको दिन जात्रा गर्दै गाउँमा ल्याएपछि चैत्य डवलीमा नाच सुरु हुने स्थानीय निर्मल बलामीले बताए । गाउँका मुख्य गुरु रामकृष्ण बलामीको घरमा पूजा गरी ५ वटा देवताको नाच निकालिन्छ ।

१२ वर्षमा एकपटक ९ वटा देवताको नाच देखाउने गरिन्छ भने वर्षैपिच्छे देखाइने नाचमा भने ५ वटा देवताको नाच देखाइन्छ । खटमा गणेश, भैरब, बराही, कुमारी र महालक्ष्मीको नाच देखाइएको बलामीले बताए । नाच हेर्न स्थानीयवासी रातभर जाग्राम बस्ने गर्दछन् । काठमाडौं, ललितपुर, मार्खु, फाखेललगायत क्षेत्रबाट जात्रा हेर्न ठूलो संख्यामा आउने गरेको भएपनि यसपटक भने मानिसहरुको कमै उपस्थिति रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*