४ नम्बर वडाले जित्यो पालिकास्तरीय भलिबल उपाधि
हेटौंडा- मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि दोस्रो पटक पनि वडा नम्बर ४ ले जितेको छ । फाइनल खेलमा वडा नम्बर ८ लाई हराउँदै ४ नम्बरले उपाधि जितेको हो ।साविक विजेतासमेतरहेको वडा नम्बर ४ ले वडा नम्बर ८ लाई ३–१ सेटले हराएको हो । पहिलो सेट २१–२५ ले गुमाएको वडा नम्बर ४ ले त्यसपछि क्रमशः २५–१८, २५–१४ र २५–१८ सेटको नतिजा आफ्नो पक्षमा पा¥यो ।
खेलको म्यान अफ द म्याच वडा नम्बर ४ का राजकुमार राई घोषित भए । उपाधि विजेता वडा नम्बर ४ ले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टिमले २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।शनिबार भएको सेमीफाइनल खेलमा ३ नम्बर वडालाई पराजित गर्दै ४ नम्बर वडा फाइनलमा प्रवेश गरेको थियो भने ७ नम्बर वडालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा ८ वटा वडाका टिमको सहभागिता रहेको थियो ।







