१९ नम्बर वडामा नेकपा एसको वडा कमिटी पुनर्गठन

हेटौंडा-नेकपा (एकिकृत समाजावादी)को हेटौंडा उपमहानगरपालिका–१९ मा वडा कमिटी पुनर्गठन गरिएको छ । पार्टीका अध्यक्ष रहेका रामप्रसाद दाहाल एमाले प्रवेश गरेपछि नेतृत्वबिहिन बनेको पार्टीको पुनर्गठन गरिएको हो ।सनिवार हेटौंडा–१९ ज्यामिरेमा भएको वडा भेलाले मानबहादुर मोक्तानको अध्यक्षतामा १५ सदस्य वडा कमिटी गठन गरेको हो । कमिटीका उपाध्यक्षमा रुपक व्लोन र सचिवमा सरिता सिग्देल रहेका छन् । त्यस्तै भेलाले विकास भ्लोनको अध्यक्षतामा १५ सदस्य युवा संघ १९ नम्बर वडा कमिटी गठन गरेको छ । युवा संघको वडा उपाध्यक्षमा मिलन घलान र सचिवमा नबराज मुक्तान रहेका छन् ।
वडा भेलाले निरुता मोक्तानको अध्यक्षतामा १७ सदस्य अखिल नेपाल महिला संघ (समाजवादी) गठन गरेको छ । महिला संघो उपाध्यक्षमा सरस्वती घलान, सचिव सरीता गोले र कोषाध्यक्षमा मानकुमारी तितुङ रहेका छन् । वडा भेलामा नेकपा एसका पोलिटव्युरो सदस्य धनप्रसाद गौतमले समाजवादी अभियानमा जोडिएका सम्पूर्णलाई स्वागत गर्दै सपथ ग्रहण गराएका थिए । पार्टीले चलाएको अभियानमा जोडिर्दै संगठन बिस्तामा लाग्न सबैलाई आग्रह गर्दै बिस्तारै पार्टीले गति लिर्दै जाने उनको भनाई थियो ।
भेलामा नेकपा एसका केन्द्रीय सदस्य मीनाकुमारी लामाले संगठनलाई बलियो बनाउँदै लैजादा हामी आफैं पनि बलियो हुने बताइन् । आफू अहिले उपमहानगरको नेतृत्वमा रहेको अवस्थामा बिपन्न र भौगोलिकरुपमा बिकट रहेका क्षेत्रलाई प्राथमितामा राखेर काम गरिरहेको बताइन् । हेटौंडा उपमहानगरपालिका–१९ का कार्यबाहक अध्यक्ष मानबहादुर मोक्तानको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, जिल्ला सचिव ध्रुवबहादुर भुुजेल लगायतको आतिथ्यता थियो ।