राप्रपा मकवानपुरको प्रवक्तामा बानियाँ

हेटौंडा-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपाल मकवानपुरले रिक्तपदमा चारजनालाई मनोनित गरेको छ । आइतबार बसको पार्टी जिल्ला कार्यसमितिको बैठकले चारजनालाई रिक्तपदमा मनोनित गरेको पार्टीका सचिव भृगु कार्कीले जानकारी दिए ।राप्रपा नेपाल मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटाले रिक्त रहेको प्रवक्ता पदमा प्रल्हाद बानियाँ, ईन्दिरा पाठकलाई सहकोषाध्यक्षमा र दुईजना सदस्यमा गीता सापकोटा र भगवान बर्तौलालाई मनोनित गरेका हुन् ।
यसअघि नै ४० सदस्यीय जिल्ला समिति गठन भएपनि चार पद रिक्त रहेको थियो । मनोनित हुनेको पद आगामी महाधिवेशनसम्म रहने बताइएको छ । राप्रपा नेपालले आगामी फागुन महिनामा अधिवेशन गर्ने गरी तयारी थालेको अध्यक्ष सापकोटाले बताएका छन् ।आइतबार बसेको बैठकले मकवानपुरका सबै स्थानीय तह र वडातहमा समिति गठन गर्न आवश्यक तयारी थाल्ने निर्णय गरेको सचिव कार्कीले बताए । यस्तै पार्टीका पुराना सदस्यलाई फेरि पार्टीमा जोड्ने गरी तयारी थाल्ने उनले जानकारी दिए ।