मनहरीमा मिलन–धर्मराज स्मृति फुटबल, एक लाख पुरस्कार

साझाकुरा
२०८१ असार १०, आईतवार १२:३०

हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाको सिम्पानीमा मिलन–धर्मराज स्मृति खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।सिम्पानी युथ क्लबको आयोजनामा यही असार २० गतेबाट मनहरी–८ सिम्पानीमा प्रतियोगिता हुने भएको हो । आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष किरण सुवेदीले जानकारी दिए ।प्रतियोगिताको विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले नगद ५ हजार प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । गत २०७९ पुस २८ गते सवारी दुर्घटनामा ज्यान गुमाएका सिम्पानी युथ क्लबका खेलाडीद्वय मिलन र धर्मराज मोक्तानको स्मृतिमा क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताका लागि करिब ७ लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता संयोजक प्रकाश लामाले बताए ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने टिमले १८ गतेसम्म आयोजकलाई सम्पर्क गर्न सक्नेछन् । टिम दर्ता शुल्क ७ हजार ५ सय तोकिएको छ । प्रतियोगिताको लागि प्रथम र द्वितीय पुरस्कार मिलन–धर्मराजको परिवारले उपलब्धगराउने भएको छ । मनोज मोक्तानले खेलका लागि डेढ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै खेललाई प्रत्येक वर्ष निरन्तरता दिन अनुरोध गरे ।मनहरी गाउँपालिका खेलकुद विकास समितिका संयोजक बीरु लामाले प्रतियोगिताका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । फुटबल प्रतियोगिताका लागि मनहरी गाउँपालिकाले खेल सामग्री सहयोग गराउनेछ भने अन्य विभिन्न व्यक्ति तथा संघसंस्थालाई सहयोगका लागि अनुरोध गरिएको क्लवका राजेन्द्र मोक्तानले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*