उपनिर्वाचनमा रास्वपाको गण्डकी कमान्डर हेटौंडाकी कंसाकार

साझाकुरा
२०८१ कार्तिक २३, शुक्रबार ०९:३५

हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १६ मंसिरमा हुने उपनिर्वाचनका लागि गण्डकी प्रदेशको चुनावी कमान्डर सांसद तथा पार्टी केन्द्रीय सदस्य हेटौंडाकी विन्दाबासिनी कंसाकारलाई बनाएको छ ।सातै प्रदेशमा चुनावी कमान्डर तोक्दै रास्वपा स्थानीय तहको उपनिर्वाचनमा होमिएको छ । रास्वपाले सबै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेतालाई जिम्मेवारी तोकेर प्राइमरी इलेक्सनको कार्यतालिका पनि टुंग्याएको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवम् सांसद गणेश
पराजुलीको सभापतित्वमा बसेको बैठकले उपनिर्वाचनका सम्वन्धमा विभिन्न निर्णय गरेको हो ।

रास्वपाबाट कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले कमान्ड सम्हाल्नेछिन् । मधेसमा डा.चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार कमाण्डर तोकिएका हुन् । यस्तै लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदरपश्चिममा विष्णुकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।पार्टीले प्राइमरी चुनावका माध्यमबाट उम्मेदवार तयगर्ने भएको छ । जसका लागि केन्द्रीय निर्वाचन संयोजन समितिले प्राइमरी निर्वाचनको कार्यतालिका तय गरेको छ ।

२२ कात्तिकदेखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । उम्मेदवारीका लागि आवेदन दिन चाहनेले अनलाइन फाराम वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फराम भर्न सक्नेछन् । निर्वाचन हुने सम्वन्धित स्थानीय तह वा वडाका पार्टी सदस्यले प्राइमरी इलेक्सनमा भाग लिन सक्ने रास्वपाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*