तेक्वान्दो प्रतियोगितामा मकवानपुरलाई तेस्रो स्थान
हेटौंडा- लमजुङ जिल्लामा भएको प्रथम मेयरकप मध्यनेपाल राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा मकवानपुरे टोली तेस्रो भएको छ ।मकवानपुरबाट इच्छा बिष्टले दोहोरो स्वर्णपदक प्राप्त गरिन् भने आरुषी पराजुली र आरुस थापाले एक÷एक स्वर्ण र एक÷एक कास्यपदक प्राप्त गरे । प्रतियोगितामा सहभागी आदित्या ढकाल, प्रिन्सप ढकाल र सौगात डिमडुङले स्वर्णपदक प्राप्त गरे । मकवानपुरे खेलाडी श्रीयान्सी पोख्रेलले रजतपदक प्राप्त गर्दा समृद्ध भण्डारी, प्रतीक तिमल्सिना, आर्यन चौधरी, सागर डिमडुङ, जिदान बानियाँ, आशिष घिसिङ र निकूस त्रिपाठीले रजतपदक प्राप्त गर्न सफल भए ।
लमजुङको भोर्लेटारमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा काठमाडौं प्रथम रुपन्देहीले दोश्रो स्थान पाउन सफल भएको थियो । मकवानपुर तेस्रो स्थानमा रहँदा चन्द्रागिरी टोली चौथो भएको थियो । १९ टीमको ४ सय ३४ जना खेलाडी सहभागी रहेको प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ गण्डकी प्रदेशको अध्यक्ष खड्गबहादुर गुरुङ र सचिव तेज कुँवरको विशेष सहयोग रहेको थियो । प्रतियोगितामा सहभागी हुन हेटौंडा उपमहानगरपालिकाले मकवानपुरे टोलीलाई सहयोग गरेको थियो ।







