मकवानपुरे साइकलयात्रीले पूरा गरे मेचीकाली यात्रा
हेटौंडा- हिमालयन राइडर्स सोसाइटी मकवानपुरका ३ जना सदस्यले १० दिनमा मेचीमहाकाली साइकलयात्रा पूरा गरेका छन् । ‘जलवायु न्यायका लागि साइकल’ भन्ने नारा लिएर मकवानपुरको परिचय दिँदै तीनजनाले मेची महाकाली साइकलयात्रा गरेका हुन् । गत कार्तिक २४ गते शनिबार मेचीपुलबाट साइकलयात्रा सुरु गरेर सोमबार महाकाली पुलमा पगेका हुन् । साइकलयात्रा सफलतापूर्वक सम्पन्न भएको सहभागीहरुले साझाकुरासँगको टेलीफोन सम्बादमा जानकारी दिएका छन् ।
हेटौंडाका ६९ वर्षीय कृष्णप्रसाद आचार्य, ६२ वर्षीय पृथ्वी रायमाझी र ५७ वर्षीय बरुण खतिवडाले मेचीमहाकाली यात्रा तय गरेका हुन् । साइकलयात्री मेचीनगरबाट यात्रा सुरु गरेको ४ दिनमा हेटौंडा आइपुगेका थिए । मेची–महाकाली साइकलयात्रीले पूर्वपश्चिम राजमार्गको १०३२ किलोमिटर साइकलयात्रा गरेका हुन् । दैनिक एकसय किमि साइकलयात्रा गरिएको उनीहरुले जानकारी दिएका छन् ।