हेटौंडा एकेडेमीले जित्यो क्रिकेट उत्सवको उपाधि

साझाकुरा
२०८१ पुष ११, बिहीबार ११:५८

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–४, स्थित हुप्रचौरमा भएको महिला क्रिकेट उत्सवको उपाधि हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले जितेको छ ।बुधबार भएको फाइनल खेलमा माउन्ट एभरेष्ट इङ्लिस सेकेण्डरी विद्यालयलाई पराजित गर्दै हेटौंडा एकेडेमीले महिला क्रिकेट उत्सवको उपाधि जितेको हो । एकेडेमीले प्रतियोगितामा ४ वटा टिमलाई पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो । बागमती प्रदेश क्रिकेट संघका उपाध्यक्ष तथा महिला क्रिकेट उत्सवका संयोजक प्रेम क्षेत्रीका अनुसार विजयी भएका टिमलाई आयोजकले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

महिला खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना भएको थियो । मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा हेटौंडामा सञ्चालन भएको दुई दिने महिला क्रिकेट उत्सवमा हेटौंडा उपमहानगरका ७ र मकवानपुरगढी गाउँपालिकाको १ गरी ८ वटा विद्यालयले सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को महिलालाई क्रिकेट खेलमा प्रोत्साहन गर्ने योजनाअन्तर्गत नै मकवानपुर जिल्ला क्रिकेट संघले उत्सवको आयोजना गरेको संयोजक प्रेम क्षेत्रीलेबताए ।

क्रिकेट उत्सव प्रतियोगिताको खेल ६ ओभरको खेलाएको थियो । बुधवार भएको समापन खेलको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामा रहेकी थिइन् । उनले महिलाहरुलाई खेलकुदमा सक्रिय गराएर खेलाडी उत्पादनमा सघाउ पु¥याउन उपमहानगर तयार रहेको बताइन् । कार्यक्रममा मकवानपुर जिल्ला क्रिकेट संघका उपाध्यक्ष ईश्वर मैनालीलगायत क्रिकेट संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*