खेलपत्रकार बानियाँ मलेसिया प्रस्थान

साझाकुरा
२०८१ माघ १५, मंगलवार ११:३६

हेटौंडा- मलेसियाको राजधानी क्वालालम्पुरमा हिमालयन एफसीको आयोजनामा जनवरी २९–३१ मा हुने हिमालयन कप फुटबल प्रतियोगिताको समाचारका लागि मकवानपुरका खेलपत्रकार बिक्रम कुमार बानियाँ मलेसिया प्रस्थान गरेका छन् । फुटबल प्रतियोगिताको कमेन्ट्री गर्नको लागि मकवानपुरका खेलपत्रकार बानियाँ यसअघि पनि बिभिन्न देशमा गएका थिए । बानियाँ गोलनेपाल डटकममा सहसम्पादक एवम् बागमती प्रदेशप्रमुख पनि हुन् ।

हिमालयन एफसीले आयोजना गर्ने प्रतियोगितामा मलेसियामा रहेका १६ वटा नेपाली क्लवको सहभागिता रहेको छ । प्रतियोगिता चाइनिज नयाँवर्षको अवसरमा प्रत्येक वर्ष आयोजना गर्ने गरेको छ । यो प्रतियोगितामा मलेसियमा रहेका नेपाली खेलाडीले खेल्ने छन् । जो मलेसियामा रहेका छन् उनीहरुले मात्र खेल्ने प्रतियोगिता भएपनि यसलाई महत्वका साथ हेर्ने गरिन्छ । यो प्रतियोगिताको बिजेताले नेपाली १४ लाख रुपैयाँ तथा ट्रफी प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*