चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा

साझाकुरा
२०८१ फाल्गुन १०, शनिबार १४:००

हेटौंडा-चर्च ब्वाइज युनाइटेड सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।शुक्रबार बागमती–४ स्थित सहिदस्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाईज फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजको जीतमा विदेशी खेलाडी आर्मण्डले खेलको दोस्रो हाफको २८ औं र ३२ औँ मिनेटमा गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५ औं मिनेट गोल गरेका थिए ।

एपीएफका लागि बुद्धिमान राइले खेलको पहिलो हाफको ३६ औं मिनेटमा र हरि कार्की दोस्रो हाफको ४३ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच आर्मण्ड घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा एपीएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । एपीएफ गत संस्करणको उपविजेता टोली हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो । गत संस्करणमा एपीएफ मछिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल शनिबार मछिन्द्र फुटबल क्लब र थ्रीस्टारबीच हुनेछ । सोमबार हुने फाइनल प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*