हेटौंडा एकेडेमीले फागुन २३ गते वार्षिकोत्सव मनाउने

साझाकुरा
२०८१ फाल्गुन २२, बिहीबार ११:१०

हेटौंडा- हेटौंडा एकेडेमीले विद्यालयको २६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ ।बुधबार विद्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभिभावक दिवसको तयारीका बारेमा जानकारी गराइएको हो । शिक्षासँगसँगै खेलकुद भन्ने नाराका साथ विविध खेलकुद गतिविधि गर्दै आएको एकेडेमीले फागुन २३ गते शुक्रबार अभिभावक दिवस मनाउन लागेको हो ।

बागमति विश्वविद्यालयका अध्यक्ष प्राध्यापक डा.चन्द्रमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले जानकारी दिएका छन् । कार्यक्रममा एलआरआई स्कुलका संस्थापक प्राचार्य शिवराम पन्त, चितवन मेडिकल कलेज भरतपुरका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राध्यापक डाक्टर हरिशचन्द्र न्यौपाने र विद्यालयका परिकल्पनाकार बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेललगायतको समेत उपस्थिति रहने अध्यक्ष सुमार्गीले बताए ।

अभिभावक दिवसका दिन विद्यार्थीबाट बृहत् साँस्कृतिक प्रदर्शनी, विज्ञान तथा प्रवधि प्रदर्शनी, हस्तकला प्रदर्शनी, चित्रकला प्रदर्शनी, पुस्तक मेलाका साथै खेलकुद सामग्रीको प्रदर्शनी एवम् खाना महोत्सव समेत हुनेछ । एकेडेमीमा नेपाल फुटबल संघ एन्फा एकेडेमी, राष्ट्रिय सेवादल र नेपाल स्काउटका कार्यक्रम सञ्चालन हुँदै आएको छ । विद्यालयमा हाल ७ सय २ जना जना विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*