खेलकुद मन्त्री महर्जनले गरे युनिक बक्सिङ भवनको शिलान्यास

साझाकुरा
२०८१ फाल्गुन २२, बिहीबार ११:१८

हेटौंडा- हेटौडा उपमहानगरपालिका वडा नं. १४ मा युनिक बक्सिङ क्लब भवनको शिलान्यास गरिएको छ ।बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री मीनकृष्ण महर्जनले बुधबार एक कार्यक्रमबीच बक्सिङ भवनको शिलान्यास गरेका हुन् । मन्त्री महर्जनले बागमती प्रदेशका १३ जिल्लामा रहेका पूर्वाधार र सम्पतीका विषयमा आफूले अध्ययन गरिरहेको बताएका छन् । उनले भने–‘हामीले सबै जिल्लाका पूर्वाधार सम्पतीको खोजी गरीरहेका छौं र ती कस्तो अवस्थामा छन् ? त्यस्को जानकारी लिने काम सुरु गरेका छौं ।’

मन्त्री महर्जनले खेलाडीका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताएका छन् । गौरीटार रंगशालाभित्र निर्माण भएका पूर्वाधारको उचित उपयोग हुन नसकेको प्रति मन्त्री महर्जनले इगित गर्दै भने–‘यहाँका खेल पूर्वाधार मनोमानी ढ·ले चलेका छन् भन्ने मैले सुनेको छु, यो खेलाडी उत्पादन गर्ने ठाउँ हो न कि धनीव्यक्तिले भुँडी घटाउने ठाउँ ।’विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकूद रहेपनि अहिले खेलकूद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने मन्त्री महर्जनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले खेलकुदसँगै यूवा स्वरोजगार कार्यक्रमलाई समेत व्यवस्थित रुपमा अघि बढाउने बताए । उनले जिल्लाजिल्लामा रहेका खेलकुदका भौतिक सम्पतीलाई खेलाडी र यूवाको उपयोगमा ल्याउने गरी योजना अघि सारिएको बताए ।हेटौंडा उपमहानगरपालिकाको २५ लाख लागतमा युनिक बक्सिङ क्लबको भवन आगामी तीन महिनाभित्रमा निर्माण गरिसक्ने प्रदेश खेलकूद परिषद्का सदस्यसचिव दीपक लामाले बताएका छन् । उनले भने–‘खेलकूद परिषद्को युनिक बक्सिङ क्लब भवनको आज शिलान्यास हुनु हाम्रा लागि खुःशीको दिन हो ।’

यसमा तपाइको मत

Your email address will not be published.


*