हेटौंडा भेट्रान्सकपः फ्रिडम फाईटर, नागस्वती, बगरभाइ र किङकम क्वाटर फाइनलमा

साझाकुरा
२०८१ फाल्गुन २४, शनिबार ११:०३

हेटौंडा- हेटौंडामा जारी दसौं राष्ट्रिय हेटौंडा भेट्रान्सकप एट ‘ए’ साइड रनिङशिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार चार खेल सम्पन्न भएका छन् । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा आगामी २६ गतेसम्म चल्ने प्रतियोगितामा ४५ वर्ष माथि उमेर समूहबीच खेल भइरहेको छ । हेटौंडा–४ हुप्राचौर खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत शुक्रवारको पहिलो खेलमा फ्रिडम फाइटर ठमेल विजयी भएको छ । फ्रिडमले चितवन भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्न सफल भएको छ । खेलको म्यान अफ द म्याच फ्रिडम फाइटर भेट्रान्सका खेलाडी राजकुमार केसी घोषित भएका थिए ।

दोस्रो खेलमा नागस्वती भेट्रान्स विजयी भएको छ । नागस्वतीले सिमरा भेट्रान्सलाई ३–० गोल अन्तरमा पराजित गर्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका खेलाडी नीमा लामा घोषित भएका थिए । तेस्रो खेलमा बगरभाइखलक पोखरा विजयी भएको छ । खेलको दशौं मिनेटमा बागरभाइको तर्फबाट राजकुमार तामाङले एकगोल गरेका थिए । एनजेजे भिसी भेट्रान्सको तर्फबाट खेलको २९ औं मिनेटमा दिलकुमार कार्कीले एकगोल गरेका थिए । निर्धारित समयमा दुबै समूहबाट एक÷एक गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । खेलको म्यान अफ द म्याच बगरभाइखलकका खेलाडी हिमाल थापा घोषित भएका थिए ।

यस्तै चौथो खेल किङकम भेट्रान्स काठमाडौं र बुटवल भेट्रान्सबीच हुने तालिका रहेपनि प्राविधिक कारण बुटवल भेट्रान्स अनुपस्थित भएपछि किङकम भेट्रान्स विजयी भएको छ । प्रतियोगितामा शनिवार चार क्वाटर फाइनलका खेल हुने प्रतियोगीताका संयोजक मणिराज गौतमले बताए । शनिवार पहिलो खेल दिउँसो १ बजे बानेश्वर भेट्रान्स र एबिसि भेट्रान्सबीच हुनेछ । दोस्रो खेल बगरभाइखलक पोखरा र किङकम भेट्रान्सबीच दिउँसो २ बजे हुने तालिका रहेको छ ।

तेस्रो क्वाटर फाइनल खेल फ्रिडम फाइटर र नागस्वती भेट्रान्सबीच दिउँसो ३ बजे हुने तालिका रहेको छ । यसैगरी चौथो खेल आयोजक हेटौडा भेट्रान्स र बौद्ध भेट्रान्सबीच हुनेछ । प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विधागत खेलाडी, सर्वश्रेष्ठ कोच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डरलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*