संस्कृत वेद विद्याश्रमलाई सहयोग

साझाकुरा
२०८२ बैशाख ९, मंगलवार १०:४४

हेटौंडा- नेपाल निजामती कर्मचारी संगठन, मकवानपुर कार्यसमितिले संगठन स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्याश्रमलाई सहयोग गरेको छ ।संगठनको ३५ औं स्थापना दिवसको अवसरमा हेटौंडा–१० गोरक्षश्वरस्थित वेद विद्याश्रमलाई शैक्षिक, खाद्यान्नलगायतका सामग्री सहयोग गरेको हो । संगठन मकवानपुर अध्यक्ष यादविन्द्र पौडेलको नेतृत्वको समितिको टोलीले कापी, कलम, चामल, दाल, तेल, नुन र सिलिङ फाइन गरी ३३ हजार रुपैयाँ बराबरको सामग्री विद्याश्रमलाई हस्तान्तरण गरेको हो ।

सहयोग कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति तथाराष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था मकवानपुरबाट विद्याश्रमलाई प्रत्येक वर्ष २४ हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको अध्यक्ष पौडेलले जानकारी दिए ।पौडेलको अध्यक्षता र संगठन केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*