हेटौंडामा पहिलोपटक इ–स्पोट्र्स हुने

साझाकुरा
२०८२ जेष्ठ ९, बिहीबार ११:०३

हेटौंडा- हेटौंडामा पहिलो पटक इ स्पोट्र्स हुने भएको छ । नेशनल गोल्ड टेलिभिजनको आयोजनामा बिहिबारदेखि औपचारिक रुपमा नेपालकै ठूलोमध्ये एक मानिने ईस्पोट्र्स नेसनल गोल्डकप सिजन–१ सुरु हुने भएको हो ।आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर एक हजार सहभागी निश्चित भइसकेको जानकारी गराएको छ । इस्पोट्र्स अन्तर्गत फ्रिफायर प्रतियोगिता हुने कार्यक्रम संयोजक उत्सर्ग चौलागाईले जानकारी दिएका छन् । प्रारम्भिक चरणका खेलहरु अनलाइनमार्फत् नै हुने र क्वार्टरफाइनल चरणदेखिका खेल भौतिकरुपमा उपस्थिति भएर हेटौंडा–१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा हुनेछ ।

हेटौंडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रायोजन र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिताको फाइनल खेल जेष्ठ १७ गते हुनेछ । प्रतियोगितामा देशभरिबाट १६ वर्ष उमेर पुरा गरेका युवाले अनलाइन गुगल फर्म मार्फत् निशुल्क दर्ता गरेका छन् । जेष्ठ ६ गतेसम्म खुल्ला गरिएको दर्तामा एक हजार टोलीको सहभागिता रहेको छ । प्रत्येक टोलीमा एकजना ब्याकअप खेलाडीसहित ५ जना खेलाडीको सहभागिता रहको छ । प्रतियोगितामा एकपटकमा १२ टोलीका ४८ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

१ लाख रुपैयाँ पुरस्कार राशि रहेको यस प्रतियोगिता नेपालकै ठूला ईस्पोट्र्स प्रतियोगितामध्ये एक हुने आयोजकको दाबी छ । मकवानपुरमा यति ठूलो पुरस्कार राशिसहितको ईस्पोट्र्स प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेको हो । विशेषतः युवा पुस्तामा अत्याधिक लोकप्रिय रहेको खेल फ्रीफायरलाई आधार बनाएर यो प्रतियोगिता आयोजना गरिएको हो । टेलिभिजनका अध्यक्ष उज्जवल चौलागाईले अहिलेको सूचनाप्रविधिमा आधारित युवापुस्ता माझ लोकप्रिय खेल पहिलोपटक आयोजना गर्न लागिएको बताए । प्रतियोगितालार्ई हेटांैडा सिटी कलेज, जे एन्ड बी वारिष्ठा एकेडेमी, होटल वासुकला, होटल सूर्यान्स, ईस्पोर्ट कन्सल्टेन्सीले सह–प्रायोजन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*