आँचल साहित्यले साहित्यिक कार्यक्रमको आयोजना गर्ने

साझाकुरा
२०८२ जेष्ठ १६, बिहीबार ११:३४

हेटौंडा- आँचल साहित्य कला पुञ्ज मकवानपुरले साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १७ गते कार्यक्रम हुन सम्बन्भमा जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा आयोजना हुने कार्यक्रममा विभिन्न बहस, परामर्श, कवितावाचन तथा सम्मान–पुरस्कार वितरण कार्यक्रम रहने संस्थाकी अध्यक्ष भावना सापकोटाले जानकारी दिइन् ।

अध्यक्ष सापकोटाका अनुसार यसवर्षे अक्षयकोषबाट प्रदान हुने पाँचवटा सम्मान स्थगित गरिएको छ । तथापि विभिन्न क्षेत्रमा सक्रिय प्रतिभालाई प्रोत्साहन गर्न चार जनालाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिने बताइएको छ । मंगलादेवी श्रेष्ठ बाल प्रतिभा पुरस्कार–२०८१ तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालयमा अध्ययनरत जैसे बनाललाई प्रदान गरिने अध्यक्ष सापकोटाले जानकारी दिएकी छन् । शिक्षासेवी देवप्रसाद श्रेष्ठद्वारा स्थापना गरिएको योपुरस्कार २०७६ सालदेखि प्रदान हुँदै आएको हो । यो पुरस्कारको नगदराशि ३ हजार ५ सय रुपैयाँ रहेको छ ।

मुक्ति–तारा नवप्रतिभा सम्मान–२०८१ मकवानपुरकी नवप्रतिभा स्वस्तिका दाहाललाई प्रदान गरिने छ । यो पुरस्कारको राशि नगद ५ हजार १ रुपैयाँ रहेको छ । सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान–२०८१ कवि पुरुषोत्तम आचार्यलाई १० हजार १ रुपैयाँसहित प्रदान गरिने छ । त्यस्तै, संस्थालाई संस्थागत बनाउन अक्षयकोष स्थापना गर्ने कार्यमा योगदान पु¥याएको भन्दै आँचल सम्मान–२०८१ प्रकाश लम्साललाई प्रदान गरिनेछ । आँचल साहित्य कला पुञ्जले २०७९ सालदेखि यो सम्मान अक्षयकोष स्थापनामा सहयोग गर्ने व्यक्तिलाई प्रदान गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*