१५ औं राष्ट्रपति रनिङशिल्डमा बागमती च्याम्पियन

साझाकुरा
२०८२ जेष्ठ ३२, शनिबार १३:१३

हेटौंडा- बागमती प्रदेश १५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ मा टिम च्याम्पियन भएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सम्पन्न प्रतियोगितामा बागमती कुल ३६ स्वर्णसहित टिम च्याम्पियन भएको हो । तीनदिने प्रतियोगितामा सात रजत र ११ कास्यपदक जित्यो । प्रतियोगितामा एथलेटिक्समा सबैभन्दा धेरै २६ स्वर्णका लागि प्रतिष्पर्धा भएको थियो । त्यसमा बागमतीले १२ स्वर्ण जित्दै टिम च्याम्पियन बन्न बलियो साथ दिएको हो । गतवर्ष च्याम्पियन सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा सीमित भयो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जित्यो ।

स्थानीय तहबाट नै छनोट गरी युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले २०६३ सालदेखि हुँदै आएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सात प्रदेशबाट कुल ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य गरी दुई सय ३० पदकका लागि प्रतिस्पर्धा गरेका थिए । यु–१८ वर्षमुनि उमेरसमूहका विद्यार्थीले प्रतिष्पर्धा गर्ने रनिङ शिल्डमा उसु, तेक्वान्दो, कराते, भलिबल, कबयी र एथलेटिक्सगरी कुल ६ खेलमा प्रतिस्पर्धाभएको थियो ।

लुम्बिनीले पाँच स्वर्ण, १३ रजत र १५ कास्यपदक प्राप्त ग¥यो । त्यसपछि गण्डकी चौथो, कर्णाली पाँचौं, मधेश छैटौं र कोशी प्रदेश पुछारमा रह्यो । गण्डकी र कर्णालीले समान चार स्वर्णपदक प्राप्त गरे । गण्डकीले ११ रजत र १७ कास्य तथा कर्णालीले ६ रजत र १९ कास्यपदक जिते । मधेशले भने तीन स्वर्ण, दुई रजत र १० कास्य जित्यो । कोशी प्रदेश भने स्वर्ण पदकविहीन बन्यो । कोशीले समान सात रजत र आठ कास्यपदक जित्यो । टिम च्याम्पियन टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्यसचिव टंकलाल घिसिङ लगायतले पुरस्कृत गरेका थिए ।

अनिशाले तोडिन् १८ वर्ष
पुरानो कीर्तिमान

बागमती प्रदेशकी अनिशा थारुले १५ औं राष्ट्रपति रनिङ केन्द्रीय खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा शुक्रवार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण जितिन् । अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भ· गरेकी हुन् । लुम्बिनीकी पिन्जु चौधरीले रजत तथा कर्णालीकी सरिता शाही कास्यपदक जितेका छन् ।यससँंगै तीनदिने प्रतिस्पर्धामा कुल ९ वटा जुनियरराष्ट्रिय कीर्तिमान बने । पहिलो दिन २, दोस्रो दिन चार र अन्तिम दिन तीन कीर्तिमान बनेका हुन् । शुक्रबार छात्रा ट्रिपलजम्पसहित छात्र÷छात्राको ४ गुणा १ सय मिटर रिलेमा गरी तीन कीर्तिमान बने ।

कबड्डीमा बागमतीलाईदुई स्वर्ण

शुक्रवार नै सम्पन्न फाइनलमा कबड्डीतर्फ छात्र र छात्रा दुवैमा बागमतीले स्वर्ण जित्यो । दुवै फाइनसमा बागमतीले लुम्बिनीलाई हराएको हो । छात्रामा सुदूरपश्चिम र कर्णाली तथा छात्रमा कोशी र मधेश प्रदेशले कास्यपदक जिते । भलिबलमा सुदूर र गण्डकीलाई स्वर्ण भलिबलमा भने छात्रमा गण्डकीले स्वर्ण, लुम्बिनीले रजत र सुदूरपश्चिमले कास्यपदक जित्यो । छात्रामा सुदूरपश्चिमले स्वर्ण, लुम्बिनीले रजत र गण्डकीले काँस्य पदक जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*