ब्याडमिन्टन कभर्ड हलको उद्घाटन

साझाकुरा
२०८२ असार ९, सोमबार १२:३२

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१५ को लगानीमा हेटौंडा–१५ को भोर्लेमा निर्माण सम्पन्न भएको ब्याडमिन्टन कभर्ड हलको उद्घाटन गरिएको छ । स्थानीय तहमै खेलप्रवद्र्धन र शारीरिक स्वास्थ्यलाई सशक्त बनाउने उद्देश्यले निर्माण गरिएको पूर्वाधारको उद्घाटन वडाध्यक्ष सुनिल मोक्तानको प्रमुखआतिथ्यमा भएको हो ।उद्घाटन समारोहमा अध्यक्ष मोक्तानले खेलकुदलाई वडा कार्यालयले उच्चप्राथमिकतामा राखेको उल्लेख गर्दै, आगामी दिनमा हेटौंडा–१५ का अन्य स्थानमा पनि यस्ता खेलमैत्री पूर्वाधार विस्तार गरिने जानकारी दिए । ‘स्वास्थ्य र अनुशासनको जग खेलकुद नै हो,’ उनले भने, ‘स्थानीय युवालाई खेलतर्फ आकर्षित गर्न यस्ता संरचनाले उत्प्रेरणा दिनेछ ।’

कार्यक्रममा स्थानीय खेलाडी, युवाहरु र समुदायका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीले नयाँ कभर्डहलले स्थानीयस्तरमा ब्याडमिन्टन खेलको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । उद्घाटनसँगै कभर्ड हल सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको छ । अब त्यहाँ नियमित अभ्यास र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने वडाले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*