नवोदयमा आफैंले पढेको पुस्तक समीक्षा
हेटौंडा- हेटौंडा–४ स्थित नवोदय शिशुसदन अंग्रेजी माध्यमिक विद्यालयमा आबद्ध शिक्षक तथा कर्मचारीलाई लक्षित गरी पुस्तक समीक्षा कार्यक्रम आयोजना गरिएको छ । पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले मंगलबार नवोदय पुस्तकालयको आयोजनामा पुस्तक समीक्षा भएको हो ।कार्यक्रममा शिक्षक तथा कर्मचारी नौ जनाले आफूले अध्ययन गरेका पुस्तकको समीक्षा प्रस्तुत गरेका थिए । सहभागीले पुस्तकको मुख्य विषयवस्तु, सन्देश र व्यक्तिगत प्रभावबारे संक्षिप्तरुपमा विचार राख्दै अरुलाई पनि पुस्तक पढ्न प्रेरणा प्रदान गरेका थिए ।
पुस्तक समीक्षा प्रस्तुत गर्नेमा सुमी श्रेष्ठ, उपेन्द्र रानामगर, रुपा ढुंगेल, अदिति कर्ण, मञ्चन तिवारी, चमेलीमाया थिङलामा (ज्यास्मिन), महालक्ष्मी कर्ण, जिना घिमिरे र सांग्रिला राई रहेका थिए ।शिक्षक तथा कर्मचारीमा नियमित अध्ययनको प्रवृत्ति विकास गर्न सहयोग पुग्ने हेतुले कार्यक्रम आयोजना गरिएको नवोदय पुस्तकालय विभाग प्रमुख अन्जिता मिश्रले बताइन् ।







