बकैयाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको विदाई
हेटौंडा-बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठको विदाई गरिएको छ । सोमबार गाउँपालिकामा एक कार्यक्रमकाबीच श्रेष्ठलाई बिदाई गरिएको हो । श्रेष्ठ बकैया गाउँपालिकामा ३ वर्ष ११ दिन बसेर बिदाई भएका हुन् । श्रेष्ठ २०७९ साउन १६ गते बकैयामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका थिए । श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएर गएका हुन् ।
बकैयामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकाबाट बिनोद पोख्रेल आउन लागेका छन् । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, वडाअध्यक्ष, कार्यपालिका सदस्य, पालिका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।







