नेपाली कम्युनिस्ट पार्टीको कार्यालय उद्घाटन

साझाकुरा
२०८२ मंसिर १०, मंगलवार १२:४२

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–५ गदोईमा रहेको नेपाली कम्युनिस्ट पार्टी मकवानपुरको कार्यालय सोमबार उद्घाटन गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीका नेताहरु प्रेमबहादुर पुलामी (छिन्तु), मुनु सिग्देल, बिजय गौतम, यादव गजुरेल लगायत नेताले पाटी कार्यालय उद्घाटन गरेका हुन् । पार्टी एकीकरण पछि हेटौंडा–५ गर्दोइमा रहेको नेकपा माओवादी केन्द्रको भवनलाइ नै नेपाली कम्युनिस्ट पार्टी कार्यालय तोकिएको छ । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेताहरु भीम पाख्रिन, ध्रुव भुजेल, बीरबहादुर घलान, शुभरत्न गोले, सागर उप्रेती, रामेश राई, किशोर टण्डनलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*