वक्तृत्वकलामा सन्तोष प्रथम
हेटौंडा-जेसीज सप्ताह–२०२५ अन्तर्गत जेसीआई हेटौंडाले ‘अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता’ सम्पन्न गरेको छ । बुधबार ‘भिजन, एक्सन, सक्सेस’ शीर्षकमा आयोजित कार्यक्रममा १२ जना जेसीज सदस्यले सहभागिता जनाएका थिए । प्रतियोगितामा सन्तोष पराजुली प्रथम भएका छन् भने संजयकुमार न्यौपाने द्वितीय घोषित भए । त्यस्तै, किरण आले र विवेक फुँयाल तृतीय स्थानका सहउपविजेता भए ।
कार्यक्रमको निर्णायक मण्डलमा सन् २००८ र २०१५ का शाखाअध्यक्ष क्रमशः कुश रिजाल र दीपकराज मिश्र रहेका थिए । सन् २०२५ का शाखाअध्यक्ष पंकजदास बानियाँको सभाअध्यक्षतामा सम्पन्न वक्तृत्वकला प्रतियोगिताको संयोजक सृजनराज बज्राचार्य तथा सन् २००१ का पूर्वशाखा अध्यक्ष धर्मकृष्ण श्रेष्ठ प्रमुख अतिथिकारुपमा उपस्थित रहेका थिए । जेसीज सप्ताहको क्रममा यसअघि रक्तदान तथा स्लो मोटरसाइकल रेस सम्पन्न भइसकेको र आगामी दिनमा अन्य सामाजिक एवम् व्यक्तित्व विकासमुखी कार्यक्रम सञ्चालन गरिने जेसीआई हेटौंडाका महासचिव न्यौपानेले जनाए ।







