एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सम्पन्न

साझाकुरा
२०८२ मंसिर ११, बुधबार ११:०१

हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा १ देखी ३ कक्षामा अध्यापन गराउने शिक्षकलाई दिएको एकीकृत पाठ्यक्रमसम्बन्धी कस्टमाइज्ड तालिम समापन भएको छ । पाँच दिनसम्म सञ्चालन भएको तालिम शुक्रबारबाट सुरु भएको थियो । कैलाश–९ मा रहेको कालिका माविमा सञ्चालित तालिम वडा ९ का वडाध्यक्ष भूवनसिंह घलानको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो । तालिममा सहभागी शिक्षकलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट सिकेका सीप र ज्ञानलाई विद्यालय र विद्यार्थीसमक्ष पु¥याउन निर्देशन दिएका छन् । शिक्षकमा पनि समयसमयमा ज्ञानसीप प्रदान गरे शिक्षामा सुधार हुने उनले बताए । ‘सिकेको सीप र ज्ञान कार्यान्वयन गर्नुस, अनिमात्र विद्यार्थी र शिक्षकको पनि व्यवहारमा सुधार रहने छ’ उनले भने ।

कानून र अधिकार बाझीएकाले शिक्षा नीति र ऐनमा केही समस्या छन् त्यसलाई विस्तारै समाधान गर्दै जानुपर्ने अध्यक्ष मुक्तानले बताए । उनका अनुसार यहाँको विद्यालय, विद्यार्थी र समूदाय जस्तो छ सोहीअनुरुप आफूले शिक्षण पेशालाई अघि बढाउनुपर्ने देखिन्छ । कार्यक्रममा वडाअध्यक्ष घलानले सिकेको सीपलाई जति सक्दो कार्यान्वयन गर्न आग्रह गरेका छन् । अनुगमनमा जाँदा त्यसको प्रभावकारी भएको पाइएन, प्रतिकुल अवस्थामा पनि यहाँहरुले अनुकुल भएर काम गरिनुपर्ने बताए । उनले विद्यार्थीको भविष्य शिक्षकको हातमा रहेकाले तालिममा सक्दो ज्ञान र सीप सिक्न आग्रह गरेका छन् ।
कार्यक्रममा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख समिर जोशीले तालिमपश्चात विद्यालयमा कार्यान्वयन गर्नुपर्ने बताए ।

तालिमपछि ज्ञान र सीप विद्यालयमा देखिनुपर्ने र विद्यार्थीले पनि अनुभव गरिनुपर्नेमा उनले जोड दिए । तालिमपश्चात शिक्षक अनिल धमला र धनकुमारी जोशीले तालिमको अनुभव र सिकेको सीप उपलब्धीमूलक रहेकोले कार्यान्वयन गरिने प्रतिवद्धता जनाए । तालिममा गाउँपालिकाका ६ वटा मावि, ४ वटा निमावि र ३३ वटा प्रावि तहका शिक्षकको सहभागिता रहेको सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारीले बताए । तालिममा सविता अधिकारी, विवसजंग थापा र सरस्वती अधिकारीले एकीकृत पाठ्यक्रम सम्बन्धी सहजीकरण गरेका थिए । तालिममा कालिका माविका प्रअ रामप्रसाद कालाखेती, सहायक विद्यालय निरीक्षक अधिकारी, स्रोतशिक्षक ध्रुवराज विष्टलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*